पिकेको बिसेष शो बाट दुइ लाख क्यान्सर पिडितलाइ सहयोग


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सुक्रबार बाट बिश्व भर प्रदर्शनमा आएको फिल्म पीकेले यति बेला सबै तिर बाट राम्रो प्रतिक्रिया पाई रहेको छ । शनिबार राजधानीमा अमिर खान अभिनित पछिल्लो फिल्म पिकेको विशेष प्रदर्शनी गरिएको छ । बिसेष प्रदर्शनी ब्लड क्यान्सर बाट पिडित पिडित अर्जुन कार्कीको सहयोगार्थ आयोजना गरिएको हो ।
Ananda-karki-pk
आयोजित बिसेष प्रदर्शनीबाट संकलित दुई लाख रुपैयाँ नगद पिडित अर्जुन कार्कीलाई प्रदान गरिएको छ । “सोसियल एक्सन नेपाल”ले ब्लड क्यान्सर पिडित कार्कीको सहयोगका लागि बिग मूभिजमा विशेष शो को आयोजना गरेको हो । फिल्म सुरु हुनुभन्दा अघि आयोजित एक कार्यक्रमका बिच लोकप्रिय गायक आनन्द कार्कीको हात बाट नगद अर्जुनलाई हस्तान्तरण गर्नुभयो । लामो समयदेखि ब्लड क्यान्सर पिडित रामेछाप खिम्ती ५ का १७ वर्षिय कार्की सिभिल हस्पिटलमा उपचाररत छन् ।