सिनेमा हलमा पटुकी संगै शेरबहादुर


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तर्गत आजबाट हलमा चलचित्र पटुकी र शेर बहादुर प्रर्दशनमा आएको छ । मौलीक कथावस्तुमा निर्माण भएको भनिएको पटुकी लाई राम नेपालले निर्देशन गरेका छन्, भने म्याक्टेन कालु, रजनी केसी,जेम्स बिसि,रोजी श्रेष्ठ, दिपक कंडेल, हरि गुरुङ्ग लगायत कलाकारले अभिनय गरेका छन् । म्याक्टेन कालु निर्माता रहेको यो चलचित्र आजबाट अल नेपाल तिन दर्जन भन्दा धेरै सिनेमा हलमा एक साथ प्रर्दशन भइरहेको निर्माण पक्षले जानकारी गराएको छ ।

धिराज प्रोडक्सनको ब्यानरमा आर.राजबंशीले निर्देशन गरेको चलचित्र शेरबहादुर मा सुनिल थापा,कर्मा शाक्य,मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।