‘पसिना’ पहिलो गीत हावा चल्यो सिरिरी सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

मजदुर दिवसको छेको पारेर वर्ष २०७५ बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच महाशिवरात्रीको अवर पारेर चलचित्रमा समावेश ‘हावा चल्यो सिरिरि’ बोलको गीत सार्वजनिक गरिएको हो । आर.बि.खत्री ‘शरद’ को निर्देशनमा बनेको चलचित्रको सार्बजनिक गीतमा नायक गौरव पहारी र नायिका अनु शाह फिचरिङ छन् । अनुलाई गौरवले आफ्नो पार्वती बन्न आग्रह गरेका छन् । नन स्टप क्रियशनको ब्यानरमा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोले संयूक्त रुपमा निर्माण चलचित्रले श्रमिकहरुको पीडा बोल्ने छ ।

चलचित्रमा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका रहेको छ । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको चलचित्रलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । राम केसीको छायांकन, शिब वि.कको नृत्य निर्देशन रहेको चलचित्रमा देब महर्जनको द्वन्द्व रहेको छ ।