पण्डित्याई गर्नेको कथा ‘पण्डित बाजेको लौरी’ टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘पण्डित बाजेको लौरी’ टिजर सार्बजनिक गरिएको छ । एउटा सानो गाउँभित्र पण्डित्याईको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथामा निर्माण गरिएको चलचित्र ‘पण्डित बाजेको लौरी’लाइ दीपक ओलीले निर्देशन गरेका हुन् चलचित्रले वादी जातिको कथा बोल्छ ।

अधृत फिल्मस्को व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतको अभिनय रहेको छ । चलचित्रमा महेश दवाडीको कथा, विदुर गिरीको छायांकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ ।