बन्ने भो चलचित्र ‘पण्डित बाजेको लौरी’


सेलिब्रेटी नेपाल काठमाडौँ

अधृत फिल्मस् प्रालीको व्यानरमा चलचित्र ‘पन्डित बाजेको लौरी’ निर्माण हुने भएको छ राजधानीमा एक औपचारिक कार्यक्रम गरेर चलचित्र निर्माणको घोषणा गरिएको छ । कार्यक्रममा अधृत फिल्मस् प्रालीको औपचारिक स्थापना भएको जानकारी दिईयो ।

भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्रलाई दीपक ओलीले निर्देशन गर्नेछन् । थमनकुमार भण्डारी (राज) र किशोर खड्काको संयुक्त लगानीमा चलचित्र बन्ने भएको हो ।

एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बन्न लागेको चलचित्रमा समाजका गहकिला समस्या र घटनालाई समेट्ने निर्देशकले जानकारी दिए । महेश दवाडीको कथा/पटकथा/संवाद रहने चलचित्रमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहनेछ । चलचित्रको छायांकन माघ २० गते बाट थालनी गरिने र आगामी भाद्र महिनामा सार्बजनिक प्रदर्शन गर्ने योजना रहेको पनि कार्यक्रममा जानकारी गराईयो ।