‘पञ्चेबाजा’ दोश्रो गीत सार्बजनिक म केही बोलु भन्दै कलाकारको पिडा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

फागुन ११ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘पञ्चेबाजा’ को दोश्रो गीत सार्बजनिक गरिएको छ न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘पञ्चेबाजा’को स्याड भर्सनको गीत ‘म केही बोलु’ मा राहुल विश्वासको स्वर, कालिप्रसाद बास्कोटाको संगीत र सबिन एकतारेको शब्द रहेको छ गीतको भिडियोमा कलाकार सौगात मल्ल, कर्मा र जस्मिन श्रेष्ठले फिचरिङ छन् ।

सार्बजनिक गीतमा कलाकार पिडामा देखिन्छन चलचित्रमा सौगात मल्ल, कर्मा र जस्मिन श्रेष्ठको साथमा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।