पन्चेबाजा प्रदर्शन मिति संगै फष्टलुक सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

फागुन ११ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘पञ्चेबाजा’को फष्टलुक सार्वजनिक गरिएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका छन् । चलचित्रको फष्टलुकमा प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा राजेश शाहीको लगानी रहेको छ । चलचित्रमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको मुख्य अभिनय रहेको छ ।

निर्देशक लामिछानेले गाउँका तीन युवाको कथा वरीपरी चलचित्र घुम्ने बताए । ‘नाम अनुसार चलचित्र पनि मौलिक बनाएका छौं । त्यसकारण यो दर्शकको रोजाईमा अवश्य पर्नेछ ’ उनले भने । घनश्यामले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका छन् । निर्माता शाहीले यसअघि नै ‘कवच’, ‘मेरो मनको साथी’, ‘बीच बाटो’ निर्माण गरिसकेका छन् । निर्माता शाहीले आफूले राम्रो चलचित्र बनाउन कुनै पनि कसुर बाँकी नराखेको बताए ।

सारा गुरुङ सहनिर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, मिक्सिङ उत्तम न्यौपानेको रहेको छ भने कुमार आचार्यको मिडिया संयोजन र हरि घले लामाको छायांकन रहेको छ ।