‘पंचायत’ टिम होलि खेल्दै चलचित्रको प्रचार प्रसारमा व्यस्त


सेलिब्रेटी नेपाल काठमाडौँ

रंङ्गैरङ्गको पर्व होली कलाकारहरुले समेत विभिन्न कार्यक्रम गरी राजधानी काठमाडौमा होली पर्व मनाए । यही चैत २ बाट प्रदर्शन हुन लागेको चलचित्र ‘पंचायत’ का कलाकार तथा निर्माता निर्देशकहरुले समेत विहिवार मजैले होली मनाए । ऐतिहासिक र सामाजिक कथावस्तु जोडेर निर्माण भएको उक्त चलचित्रका कलाकारले दिनभर विभिन्न ठाउँका होली विशेष लाईभ कार्यक्रममा पुगे ।

शुरुमा चण्डोलमा आयोजित हिमालय टेलिभिजनको होलीविशेष कार्यक्रमबाट ‘पंचायत’ टिमले होली खेल्न शुरु गरेको थियो । त्यसपछि टिभी पिल्मीमा पुगेर मजैले होली खेले । लगत्तै एपी वान टिभीको लाईभ कार्यक्रममा सहभागि भएर पञ्चायत टिम गोदावरीमा रहेको नायिका करिष्मा मानन्धरको घरमा आयोजित होली विशेष कार्यक्रममा पुगेको थियो । पञ्चायत टिमलाई दर्शक तथा कलाकारले भव्य स्वागत गरे भने कलाकारसँग सेल्फीमा दर्शक रमाए ।

होली कार्यक्रममा चलचित्रका निर्माता गणेश गिरी, कार्यकारी निर्माता, रवि अधिकारी, लेखक तथा निर्देशक शिवम अधिकारी, कलाकारहरु सरोज खनाल, नीता ढुंगाना र जाहान्वी बस्नेतको सहभागिता थियो ।