पंचायत पहिलो गीतमा नारीको बेदना पोख्दै रोइन नायिका नीता


सेलिब्रेटी नेपाल काठमाडौँ

मौलिक नेपाली कथामा निर्माण भएको चलचित्र ‘पंचायत’को पहिलो गीत सार्बजनिक गरिएको छ । टंक बुढाथोकीको संगीत शिबम अधिकारीको शब्द रहेको गीतमा सरु गौतमको स्वर रहेको छ । एउटी नारीको बेदना समेटिएको गीतमा नायिका नीता ढुंगाना लाइ फिचर गरिएको छ । शिबम अधिकारीको निर्देशनमा बनेको चलचित्र आगामी फागुन १७ गते बाट प्रदर्शनमा आउने छ चलचित्रमा सरोज खनाल,निता ढुंगाना,गणेश गिरि लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता गणेश गिरि हुन् भने सुशान्त श्रेष्ठ र शंकर सुबेदी चलचित्रका निर्माता रहेका छन् । रामेस्वर कार्कीले छायांकन गरेको चलचित्र लाइ बिपिन मल्लले सम्पादन गरेका हुन् ।