२०३३ सालको कथा ‘पञ्चायत’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । चैत्र २ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई सुशान्त कुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदीले मिलेर निर्माण गरेका हुन् । वि.सं २०३३ सालको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना,गणेश गिरि,गीता अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रामेश्वर कार्कीले खिचेको चलचित्रमा टंक वुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको ट्रेलरमा एक किशोरी, उनको सोच र त्यसले निम्त्याएको परिणामको कथालाई उठान गरिएको छ । चलचित्रको कार्यकारी निर्माता रवि अधिकारी हुन् ।