पल र पुजाको हातमा हथकडी किन ?


सेलिब्रेटी नेपाल काठमाडौँ

नायक पल शाह र नायिका पूजा शर्माको हातमा ‘हथकडी’ देखिएको छ । दुबै जना हातमा हथकडी लगाएको अवस्थामा देखिएपछि असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को कथावस्तुलाई लिएर अझै कौतुहलता बढेको छ ।

निर्माणपक्षले सार्वजनिक गरेको ट्रेलर र गीतमा यस्तो दृश्य देखिएको थिएन । तर, सार्वजनिक चलचित्रको पोष्टरमा भने पल र पूजाको प्रेममा हथकडी लगाइएको छ । सुदर्शन थापाले यो चलचित्रको निर्देशन गरेका हुन् । पूर्ण रुपमा लभ स्टोरी यो चलचित्रको संगीतले अहिले बजारमा राम्रो उचाई पाइरहेको छ । ‘भन्छु आजदेखि किन आजकल’सम्मका गीतले खुबै राम्रो प्रशंसा बटुलिरहेका छन् । अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका छन् ।