रुचाईयो पल र आँचलको जोडी


सेलिब्रेटी नेपाल काठमाडौँ
शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘जोनी जेन्टलम्यान’ले सुखद ओपनिङ गरेको छ । शुक्रबार मध्यम भन्दा माथि दर्शकको साथ पाएको चलचित्रले शनिबार अझ राम्रो दर्शकको साथ पायो । शनिबार विहानी शोजमा ७५ प्रतिशत सिट भरिएका थिए । भने दिवा सेवामा नेपालभर शतप्रतिशत हल हाउसफुल रहेको वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् ।

राजधानीका गोपीकृष्ण, गंगा, गुण,अष्टनारायण,कलंकी लगायत मल्टीप्लेक्समा समेत दर्शकको उल्लेख्य चाप रह्यो । ‘जोनी जेन्टलम्यान’का निर्देशक नितिन चन्द, कलाकार पल शाह र आँचल शर्मा, निर्माता एनड्रिउ पौडेल र अजय मल्ल शनिबार राजधानीका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । एक्सन लभस्टोरी चलचित्रमा पल र आँचलका अलावा विकास जोशी, जैना कुँवर, सन्तोष शिलवाल गिरीको पनि मुख्य भूमिका रहेको छ ।