पहिलो पुस्ताका सफल कलाकारका छोरा छोरि होस्टेल तिर



सेलीब्रेटी नेपाल माघ ४ गते -आफ्नो पहिलो चलचित्र बाट सफल भयका निर्माता सुनिल रावल अब दोस्रो चलचित्र निर्माण मा लागेका छन् सायद चलचित्रको सफलताबाट हौसिएका उनले अब ‘होस्टेल’ नामक चलचित्रको निर्माण गर्न लागेका छन् । अहिले सुनिल होस्टेलको लागि कलाकारहरुलाई वर्कसप दिनमा ब्यस्त छन् चलचित्रमा मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई का साथै पहिलो पुस्ताका सफल कलाकारका छोरा छोरि को मुख्य अभिनय रहने छ होस्टेल चलचित्रमा नायक भुवन के.सीका छोरा अनमोल के.सी,निर्देशक शोभित बस्नेतका छोरा शलोन बस्नेत कलाकार टिका पहाडीका छोरा गौरव पहाडी र मेकअप आर्टिस विपना बस्नेतकी छोरी रिश्ता बस्नेतको प्रमुख अभिनय रहने छ ।निर्माता रावलले निर्माण गरेको फस्ट प्रोजेक्ट ‘सायद’ मा पनि उनले निर्देशक नारायण पुरीका छोरा संयम पुरीलाई लिड क्यारेक्टरमा लिएका थिए । यही माघ २८ गतेबाट छायांकनमा जाने बताइएको चलचित्र ‘होस्टेल’ लाई हेमराज क्षेत्रीले निर्देशन गर्दैछन् । होस्टेल व्याइहरुको कथालाई मुख्य प्लट बनाइएको यस चलचित्रमा निर्माता सुनिल रावल विशेष भुमिकामा देखिदैछन । उनी बाहेक चलचित्रमा शिशिर भण्डारी, विजय कुँवर लगायत कलाकारहरुको पनि अभिनय रहनेछ । त्यस्तै सिन्सन थापा ले यसै चलचित्रबाट डेब्यु गर्दैछिन ।