वन सटमा खिचिएको विश्व किर्तीमानी चलचित्र ‘जालो’ युट्युबमा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र जालोको युट्युब रिलिज गरिएको छ । अराजकेशवले निर्देशन गरेको चलचित्र जालो हल रिलिजको करिब एक वर्षपछि युट्युब रिलिज गरिएको हो । जालो वन सट मुभी हो । वन सटमा खिचिएको विश्वकै लामो यो चलचित्रले गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा पनि संसारकै लामो वन सट मुभीको रेकर्ड लेखाएको छ ।

मेनुका प्रधान, रेमण्डदास श्रेष्ठ, निर शाह, अनुपविक्रम शाही, निराजन प्रधान, मुना गौचनलगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । यसको सिक्वेलको हल रिलिज हुन बाँकी छ ।