मिस नेपाल २०१७ को उपाधि जित्ने दाउमा नीति शाह


सेलिब्रेटी नेपाल काठमाडौँ

मिस नेपाल २०१७ को प्रतिस्पर्धाका लागि २१ वर्षीया नीति शाह विजेताको लागि अग्र पंक्तिमा रहेकी छिन । थुप्रै प्रतियोगीहरूलाई उछिनेर २० जनाभित्र पर्न सफल नीति अहिले आयोजको बन्द प्रशिक्षणमा रहेकी छिन् । बिहानै प्रशिक्षणमा जाने र दिनभरि प्रतियोगिताको तयारी गर्ने उनको अहिलेको दैनिक रुटिंग हो । नीतिका सहपाठीहरूका अनुसार उनले मिस नेपाल २०१७ को उपाधि विजेता बन्नेमा ढुक्क छन् । नीति शाहका फोटो हरु हेरेर उनको फ्यान क्रेज राम्रै बनि सकेको छ ।केहि निर्माता निर्देशकको नजरमा पनि उनि परि सकेकी छिन् उनलाई चलचित्र तथा म्युजिक भिडियोका थुप्रै अफर आइ रहेका थिय तर उनले काम गर्ने मुड बनाई सकेकी छैनन् ।

सेन्टजेभियर्समा चार्टर्ड एकाउन्ट अध्ययनरत नीति अन्तिम वर्षको परीक्षाको तयारीमा छिन् । दाङ जिल्लाको घोराही उप–महानगरपालिका धर्ना निवासी (हाल काठमाडौं) नीति अध्ययनमा पनि उत्तिकै जेहेन्दार छात्रा हुन् । हिडेन ट्रेजरले प्रत्येक वर्ष गर्दै आएको मिस नेपालको यस वर्षको संस्करणको प्रमुख दाबेदार हुन्, नीति । क्यामरा लुक्सका लागि अत्यन्तै उपयुक्त मानिएकी नीतिलाई घुमघाम, साथीभाइसँगको रमाइलोका साथै बेलाबेला क्लव जान पनि मन पराउँछिन् ।
(तस्बिर फेसबुकबाट साभार)