निशाको ‘नेपाली छोरी’ लाइ एक सातामा ५ लाख भन्दा बढी दर्शक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ
। गायिका निशा कंडेलको स्वरमा रहेको दोश्रो गीत ‘नेपाली छोरी’ सार्बजनिक भएको एक सातामा नै पाँच लाख भन्दा बढी पटक हेरिएको छ गायिका कंडेलको दोस्रो अफिसियल भिडियोले राम्रो प्रतिक्रिया पाई रहेको छ । राहुल प्रधानको संगीत रहेको गीतलाइ सन्जिब भट्टराईले शब्द लेखेका हुन् नितिन चन्दले निर्देशन गरेको भिडियोलाइ सुरेश नेपालले छायांकन तथा र दिपेन बस्न्यातले सम्पादन गरेका छन् ।

प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोमा रास्ट्रियता झल्काउन खोजिएको छ । गीतमा एउटी युवतीले आफुलाइ नेपाल र नेपाली संस्कृति मन पर्ने बताई रहेकी छिन । भिडियोमा गायिका कंडेल नै फिचर छिन । भिडियोलाइ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।


केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।अस्ट्रेलियाको सिड्नी,डार्विन,पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय संचालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए । कला र गीत संगीत प्रेमी क्षेत्रिले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरुको प्रोमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए ।