‘निर्जला’ को शिर्ष गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

असोज १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘सबैको प्यारी म’ बोलको सार्बजनिक गीतमा मेलिना राइको स्वर रहेको छ । बाबुल गिरीको संगीत रहेको गीतको शब्द राम रुवालीले लेखेका हुन् ।
सार्बजनिक गीतमा चलचित्रको मुख्य पात्र शुभेच्छा थापालाइ फिचर गरिएको छ ।

राजु गिरी निर्देशित चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापालगायतको अभिनय रहेको छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ ले गाउँले परिबेशको कथा बोल्ने बताईएको छ । चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।