निराजनलाइ धोका दिईन् सम्पदाले (भिडियो )


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक युवराज कंडेलको पहिलो गीति एल्बम सार्वजनिक गरिएको छ । प्रतिभाका धनि गायक कंडेलको स्वर मा रहेको “आज भोलि” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन प्याकुरेल संगीत तथा सुमन कार्कीको शब्द रहेको यस गीतमा निराजन प्रधान र सम्पदा बानियालाई फिचरिंग गरिएको छ ।गीतमा बालकलाकार सगुन केसी र देवको समेत अभिनय रहेको छ।

भिडियोमा अहिलेको समाजमा हुने गरेको वास्तविक घटना देखाउन खोजिएको छ । आफ्नै श्रीमती आफ्नै साथी सग लाग्दाको पिडा यस भिडियो मार्फत देखाउन खोजिएको छ। यस भिडियोलाई निर्देशक सशान कंडेलले निर्देशन गरेका छन् । भिडियोमा छायांकन अर्जुन तिवारी को रहेको छ भने सम्पादन निशान घिमिरेको रहेको छ ।