निराजनको दिलमा केकी बसेपछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

दैनिक रुपमा थुप्रै म्युजिक भिडियोहरु छायांकन भई रहेको हुन्छ त्यस्तै दैनिक नयाँ नयाँ म्युजिक भिडियो सार्बजनिक पनि भई रहेको हुन्छ । कति भिडियोहरु आएको दर्शकहरु लाइ थाहा नै हुन्न कतिले भने दर्शकको राम्रो साथ पाई रहेका हुन्छन । प्रतिभाशाली गायक राजु मगरको आवाजमा रहेको जब देखि बोलको गीतको भिडियो सार्बजनिक भएको छ । युबराज मगरले प्रस्तुत गरेको भिडियो उत्कृस्ट बनेको छ । लामो समय देखि संगीतमा लागेका गायक राजुले धेरै समयको अन्तरालमा राम्रो गीत गाएका छन् ।

भिम बि.सी.को शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र नीराजन प्रधानको अभिनय रहेको छ । आशिस अविरलको संगीत संयोजन रहेको गीतको भिडियो बिशाल भण्डारीको निर्देशनमा तयार भएको हो । भिडियोलाइ अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।