निखिल सारालाइ भन्दैछन् तिमी पनि आधा


सेलिब्रेटी नेपाल काठमाडौँ

‘पिंजडा व्याक अगेन’को दोश्रो गीत सार्बजनिक गरिएको छ अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर समावेश ‘तिमी पनि आधा’ बोलको गीत आईतबार सार्वजनिक गरिएको हो । राजधानीमा आयोजित एक कार्यक्रम बीच गीत सार्बजनिक गरिएको हो ।

सार्वजनिक गीतमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ । ओम साई मौलाकालिका सिने आर्ट्स तथा ओम साई भक्त मुभिजको ब्यानरमा बनेको चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् ।
श्रीराम बराल प्रस्तुतकर्ता रहेको चलचित्रमा निखिल र सारासँगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय छ । सौरभ लामाले क्यामेरा चलाएका छन् । वनिष शाह र मिलन श्रेष्ठ सम्पादक हुन् ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘पिंजडा ब्याक अगेन’ लाइ रोहित पुरी, गोविन्द गैरे चन्द्रबहादुर क्षेत्रीले निर्माण गरेका हुन् चलचित्र आउँदो माघ ४ मा रिलिज हुँदैछ ।