निखिलको एक्सन तथा ड्रामा ‘पिजंडा ब्याक अगेन’ ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ

निखिल उप्रेती तथा सारा स्रिपाली स्टारर चलचित्र ‘पिजंडा ब्याक अगेन’को एक्सन तथा ड्रामा समिश्रित ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच हिमाल केसी निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा निखिल उप्रेती उपस्थित थियनन चलचित्र निर्देशक हिमाल के.सी.नायिका सारा स्रिपाली,वितरक गोपाल कायस्थ लगाएतको उपस्थिति रहेको थियो । २ वटा गीत यस अघि नै सार्बजनिक गरि सकिएको चलचित्र माघ ४ गते बाट प्रदर्शनमा आउने छ । पारिवारिक कथा बस्तु बोकेको चलचित्रमा द्वन्दका दृस्यहरु पनि समाबेश गरिएको छ । चलचित्रमा निखिल तथा साराका अलावा भोलाराज सापकोटा, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराईको अभिनय रहेको छ।