‘नेप्टे’को प्रतिक्रिया बुझ्न पुग्दा हलमा दर्शकको हाई हाइ बुद्धि लाइ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘नेप्टे’ का प्रमुख पात्र बुद्धि तामाङ र निर्माता तथा कलाकार दर्शक प्रतिक्रिया बुझ्न हल हलमा पुगेका थिए । चलचित्र ‘नेप्टे’ हेर्ने जति सबै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। बुद्धि संग सेल्फी खिच्न झुम्मिने दर्शक हरु पनि थुप्रै संख्यामा देखिए । कुमारी हलको दिउसोको शो हेरेका दर्शक संग प्रतिक्रिया लिएका थिए जति जनाले हेरे सबैले पूर्ण मनोरंजन पाएको प्रतिक्रिया दीइ रहदा कलाकार तथा निर्माता रोहित आफ्नो चलचित्र हलमा कम शो पाएकोमा गुनासो गर्दै थिए जे होस् पछिल्लो समय नेपाली बजारमा नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिएका छन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा रोहितकै कथा,किरण माइकलको पटकथा तथा संवाद,रोशन श्रेष्ठको एक्सन,तारा थापाको सम्पादन,कविराज गहतराजको कोरियोग्राफी र हरि लामाको छायांकन रहेको`नेप्टे´मा रोहितसँगै दयाहाङ राई, छुल्ठिम गुरुङ,बुद्धि तामाङ, अर्जुन गुरुङ,पूर्णिमा लामा लगायतका कलाकारको मुख्य भूमिका रहेका छन् भने चलचित्रको ट्रेलर अनुसार दयाहाङ राई लाई खलपात्रको भूमिका दिएको अनुमान लगाउन सकिन्छ ।