आज शुक्रबार चार नेपाली चलचित्रको भिडन्त


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार चार नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गर्दै छन् । आजको दिनलाई यस बर्षकै ठुलो भिडन्तको रुपमा लिन सकिन्छ विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’,रुपेश तामाङ निर्देशित ‘जय शम्भु’,प्रदिप श्रेष्ठ निर्देशित चलचित्र ‘ब्ल्याक’ र लय संग्रौला निर्देशित ‘बारमासे’ प्रदर्शनमा आएका हुन् ।

विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ अनुप बिक्रम,प्रशान्त ताम्राकार,वर्षा शिवाकोटी,रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य रहेका छन् । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको चलचित्र एक्सन लभस्टोरी जनराको चलचित्र हो ।

प्रदिप श्रेष्ठ निर्देशित चलचित्र ‘ब्ल्याक’ मा आश्मा पाण्डेको लगानी रहेको छ । आकाश श्रेष्ठ,आंचल शर्मा,आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको अभिनय रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, मौनता श्रेष्ठको पटकथा र संवाद रहेको छ । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको चलचित्रलाइ रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

चलचित्र ‘बारमासे’ मा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेको छायांकन र अनन्त घिमिरेको सम्पादन रहेको छ ।