नेपाली र हिन्दि भाषामा बन्ने दि कर्माको औपचारिक घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र ‘दि कर्मा’ को औपचारिक घोषणा गरिएको छ । राजधानीमा पत्रकार भेटघाट कार्यक्रम चलचित्र निर्माणको औपचारिक घोसणा गरिएको हो तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो चलचित्रलाई देब कुमार श्रेष्ठले निर्देशन गर्नेछन् ।

नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलीउड तथा दक्षीण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछ । मङ्सिर महिना बाट चलचित्रको छायांकन प्रारम्भ गरिने भएको छ चलचित्रमा करण आहुजा,नशिमा आचार्य,अनुप सक्सेना,क्षितिजा शाक्यको पनि मुख्य भूमिका रहने छ ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान चलचित्र ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७५ बैशाखमा रिलीज गर्ने लक्ष्य राखिएको छ चलचित्र दि कर्मा मा जय राज रायको कथा लाई सुशील पोखरेलले पटकथा सम्बादमा ढालेका छन् । रामेश्वर कार्कीले छायांकन गर्नेछन् भने द्वन्द अस्ट महर्जनको रहनेछ । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रायले बताए ।