किन अवार्डको भागीदार भएनन् कालो पोथी र सेतो सुर्य ?


सेलिब्रेटी नेपाल काठमाडौँ
अचेल एकै वर्षमा दर्जन बढी संघसंस्थाले फिल्मी अवार्ड आयोजना गर्छन् । सीमित कलाकारको भरमा चलेको नेपाली फिल्म उद्योगमा वर्षमा सयको हाराहारीमा चलचित्र निर्माण हुन्छन् । यस अर्थमा दर्जन फिल्मी अवार्डलाई प्रशस्ती मान्दा फरक पर्दैन । अवार्डको मुख्य उद्देश्य हो राम्रो सिर्जना गर्ने कलाकारलाई थप प्रोत्साहित गर्नु । अवार्डले बजारको दायरा पनि फराकिलो बनाउनुपर्छ । अवार्ड पाउने कलाकार, निर्देशक एवं प्राविधिकले आफूलाई सम्मानित महसुस गर्न सक्नुपर्छ भने अवार्ड प्रदान गर्ने संस्थाले पनि आफूले दिएको अवार्डको विषयमा प्रश्न उठेमा चित्तबुझ्दो प्रतिक्रिया दिने हिम्मत गर्नुपर्छ ।
दुःखको कुरो नेपाली फिल्म उद्योगमा न अवार्ड पाउनेले मैले अवार्ड पाएँ भनेर धक फुकाएर भन्न सक्छ, न त अवार्ड आयोजकले नै मेरो संस्थाको अवार्ड पाएको फलानो कलाकार यति प्रतिष्ठित छ भन्ने गर्व गर्न सक्छ । नेपाली फिल्म अवार्ड यति बदनाम भइसक्यो । वास्तवमै राम्रो अभिनय गरेका कलाकार, प्राविधिक र अवार्ड पाउनयोग्य फिल्मले अवार्ड पाउँदा पनि दर्शकहरू ‘कसरी पाए यिनीहरूले अवार्ड ?’ भनेर प्रश्न गर्ने हैसियत राख्छन् । जुन प्रश्नको जवाफ अवार्ड पाउने र दिने दुवैसँग हुन्न ।

नेपाली फिल्मी अवार्डको विश्वसनीयतामा किन यति गम्भीर प्रश्न उठ्यो भन्नका लागि दुईवटा फिल्मलाई हेरे पुग्छ । जुन फिल्मले लगभग सबै अवार्डहरूमा सर्वोत्कृष्ट फिल्मको अवार्ड पाउनुपथ्र्यो तर धेरैमा पाएनन् । यतिसम्म कि कतिपय अवार्डमा त ती फिल्म उत्कृष्ट पाँचको सूचीमा समेत परेनन् । यी फिल्म किन अवार्डको भागीदार भएनन् भनेर खोज्नेसमेत भेटिएनन् । नेपाली फिल्म उद्योगलाई विश्वजगत्मा चिनाउने काम गरे दुई निर्देशक मीनबहादुर भाम र दीपक रौनियारले । भामले ‘कालोपोथी’ बनाएका थिए भने रौनियारले ‘सेतो सूर्य’ । अवार्डको सन्दर्भमा यी दुई फिल्मको अलिकति चर्चा गर्नैपर्छ ।
‘कालोपोथी’ त्यस्तो चलचित्र हो, जुन चलचित्र बन्नुअगावै त्यसको पटकथाले स्विट्जरल्यान्ड, बर्लिन र फ्रान्सको कला संस्कृति मन्त्रालयबाट साढे २ करोड (नेपाली रुपैयाँ) राशिको पुरस्कार पाइसकेको थियो । पौने ४ करोड लगानीमा बनेको यो चलचित्र अहिलेसम्म विश्वका २५ भन्दा बढी चलचित्र महोत्सवमा समावेश हुन सफल भइसकेको छ । यति मात्र नभएर अहिलेसम्म विश्वका ५० भन्दा बढी टेलिभिजन च्यानलले यो चलचित्रको कपिराइट किनेका छन् ।
नेपालको दुर्गम स्थान मुगुमा सुटिङ गरिएको यस फिल्ममा अधिकांश कोरा कलाकार छन् । कोरा कलाकार भए पनि उनीहरूको जीवन्त अभिनयले सबैको मन छोएको छ । ती कलाकारको अभिनयबाट व्यावसायिक कलाकारसमेत प्रभावित भए । दुई बालक शुक्रराज रोकाया र खड्गराज नेपालीको मुख्य भूमिका रहेको उक्त चलचित्रमा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको प्रसंगसमेत समेटिएको छ ।

‘सेतो सूर्य’ भेनिस फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पुरस्कृत हुने नेपालको पहिलो चलचित्र बन्यो। भेनिस, टोरन्टो र बुसान चलचित्र महोत्सवमा छनोट भएको ‘सेतो सूर्य’ सिंगापुरमा पनि पुरस्कृत भयो । अमेरिकी अखबार न्युयोर्क टाइम्सले त दीपकलाई संसारका नौ उदीयमान युवा निर्देशकको सूचीमा पनि राखेको थियो । अमेरिकाको प्रसिद्ध पत्रिकाले नेपाली निर्देशकलाई उदीयमान निर्देशकको सूचीमा राखेको यो आफैंमा पहिलो घटना थियो

तर जनयुद्ध भन्नेबित्तिकै जनयुद्ध, जिन्दावाद र लालसलाम सम्झने निर्देशकका लागि निर्देशक भाम उदहारण बने । जसले वास्तविक फिल्म बनाए । कुनै दलको झन्डा देखाएनन्, उनले । ‘माओवादी महान् हो’ भन्ने नाराहरूले भरिएको चलचित्रहरू हेर्दै आएका केही माओवादीका बौद्धिक भनाउदाहरूले ‘कालोपोथी’ले महान् जनयुद्धको अपमान ग¥यो भन्नसमेत बाँकी राखेनन् । अब कुरा गरौं, ‘सेतो सूर्य’ (ह्वाइट सन) को । कुनैबेला रंग पत्रकारितामा संलग्न रौनियारले बनाएको ‘सेतो सूर्य’ले प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा इन्टरकल्चर फिल्म अवार्ड प्राप्त गरेको छ ।‘सेतो सूर्य’ भेनिस फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पुरस्कृत हुने नेपालको पहिलो चलचित्र बन्यो । भेनिस, टोरन्टो र बुसान चलचित्र महोत्सवमा छनोट भएको ‘सेतो सूर्य’ सिंगापुरमा पनि पुरस्कृत भयो । अमेरिकी अखबार न्युयोर्क टाइम्सले त दीपकलाई संसारका नौ उदीयमान युवा निर्देशकको सूचीमा पनि राखेको थियो । अमेरिकाको प्रसिद्ध पत्रिकाले नेपाली निर्देशकलाई उदीयमान निर्देशकको सूचीमा राखेको यो आफैंमा पहिलो घटना थियो ।
विश्वका जुनसुकै मुलुकका राम्रा फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने म्याच Ïयाक्ट्रीसँग ‘सेतो सूर्य’ले सम्झौता गरेको छ । उक्त कम्पनीले फिल्मलाई फेस्टिभलमा पु¥याउनुको साथै वितरकमार्फत बिक्री पनि गर्छ ।

यस अर्थमा पनि दीपक नेपाली फिल्मकर्मीका लागि बधाईका पात्र भएका छन्, जसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसँग जोडिने बाटो देखायो । स्क्रिन, भेराइटी, हलिउड रिपोर्टरजस्ता ख्यातिप्राप्त फिल्मकेन्द्रित पत्रिकामा समेत ‘सेतो सूर्य’का बारेमा समाचार लेखिएको छ ।हाम्रा अवार्ड किन यति धेरै अविश्वसनीय भए ? यससम्बन्धी अवार्ड आयोजकले एउटै टेबलमा बसेर गम्भीर रूपमा सामूहिक छलफल गर्न ढिला भइसकेको छ । हाम्रोजस्तो समाजमा अवार्ड पाउनेहरू खुसी हुनु र नपाउने दुःखी हुनुलाई पनि केही हदसम्म स्वाभाविक मान्न सकिएला । तर कति खुसी र दुःखी भए त ? त्यसको मात्रा बेलैमा मापन गरिएन भने भोलि अवार्डमा सहभागी हुने कलाकारलाई भाडा तिरेर ल्याउनुपर्ने दिन नआउला भन्न सकिन्न ।

उदाहरणका लागि हाम्रै फिल्म उद्योगलाई हेरे पुग्छ । आफूलाई मूलधारका हिमायती भन्ने निर्माता निर्देशकको दबदबा भएको बेलामा जति पनि फिल्म बन्थे, काठमाडौंका तत्कालीन राम्रा भनिएका दर्शकका भीड हुने हलमा उनै निर्माताका फिल्मले प्रदर्शनको अवसर पाउँथ्यो । फिल्ममा केही मौलिक पक्ष देखाउन खोज्ने वा भनांै नेपाली फिल्म मौलिक हुनुपर्छ भन्नेहरूलाई मूलधारका मान्नेहरूले देखिसहन्नथे । पछिल्लो केही वर्षमा फिल्म मौलिक हुनुपर्छ भन्नेहरू यति हावी भएका छन्, मूलधारका निर्माताहरू लगभग विस्थापित भइसके । केही मनशान्तिका लागि फिल्म बनाए पनि तिनका लागि मल्टिकम्प्लेक्स हलको ढोका अनौपचारिक रूपमा बन्द छ । आग्रह गरेर शुक्रबार मल्टिकम्प्लेक्स हलमा प्रदर्शन गरिहाले पनि सोमबार आएपछि सिंगल स्क्रिनमै चित्त बुझाउन बाध्य छन् ।

फिल्ममा मौलिकता खोज्नेहरूले एक दिन अवार्डमा पनि मौलिकता खोज्छन् भन्नेमा अवार्ड आयोजक सचेत हुनुपर्छ । किनकि यति भद्रगोल शैलीमा अवार्ड भइरहेको बेला भोलि कुनै संस्थाले क्षमता हेरेर कलाकारलाई अवार्ड दिने परिपाटी सुरु गरे भने अहिलेका अवार्ड आयोजकको हालत खराब हुने निश्चित छ ।
अन्तमा, अहिले सामाजिक सञ्जाल अत्यन्त प्रभावकारी छ । दर्शकहरू निकै चुजी र निर्णायक भइसकेका छन् । कुनै पनि नायक नायिकाले केको आधारमा अवार्ड पाए भनेर अवार्ड आयोजकले प्रस्ट पार्नुअगावै दर्शकहरूले आÏनो धारणा बनाइसकेका हुन्छन् । अवार्ड पाउने कलाकार, अवार्ड प्रदान गर्ने संस्था, चलचित्रका विषयमा उनीहरूलाई सम्पूर्ण जानकारी भइसकेको हुन्छ । तसर्थ कुनै मिडियालाई मिडिया पार्टनर वा अरू कुनै विषयमा साझेदार बनाएकै भरमा छापिएको समाचारबारे पनि दर्शकहरूले प्रश्न उठाउँछन् । कति सही हो या होइन भन्ने विषयमा आÏनो तर्क पेस गर्छन् । यसकारण अवार्डको गरिमा कायम रहनका लागि अवार्ड हरेक हिसाबले निष्पक्ष हुनैपर्छ ।
राजधानी दैनिक बाट जस्ताको तेस्तै