नेपाली कलाकारको जापानिज गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कलाकारले अभिनय गरेको जापानिज गीत सार्वजनिक गरिएको छ । चलचित्र माई लभका कलाकार गणेश लामा र शितल श्रेष्ठले अभिनय गरेको जापानिज गीत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको हो । माई लभ कै उक्त गीतमा जापाजिन नायिका युईची हायताको पनि अभिनय रहेको छ साथै गीतमा जापानिज कोरस कलाकारहरु फिचरिङ छन् । गीतमा ताकाफुमी होसाईको संगीत रहेको छ भने रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा र युका तुका टोकुई को स्वर रहेको छ । गीतको शब्द भने निर्देशक डा.तोसिआकी इतोहले लेखेका हुन् । जापानमा नारायण जिसीले छायांकन गरेको गीतलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ । जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ ।
यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ । माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.