नेपालकी श्रृंखला मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ मा टप २० मा


सेलिब्रेटी नेपाल

काठमाडौँ : चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको ‘हेड टु हेड च्यालेन्ज’ प्रतियोगितामा नेपालकी श्रृंखला खतिवडा टप २० मा परेकी छन् । उनी समूह विजेता हुँदै टप २० मा परेकी हुन्। उनले सोका लागि भोटिङमार्फत प्राप्त मतका आधारमा आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पारिन ।

२० समूहबाट बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । यस छनौटमा परेका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्न पाउनेछन् । यसैगरी श्रृंखला मल्टिमिडिया अवार्डतर्फ पनि बलियो दाबेदारका रूपमा रहिरहेकी छिन् । मल्टिमिडिया अवार्डको लागि डिसेम्बर ८ सम्म भोटिङ खुल्ला छ । यसमा विजयी भएमा फाइनलमा प्रवेश गर्छिन्।

यसका लागि श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ भने मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ । मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको अवस्था बलियो छ ।