नेपालबाट निशान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’ मा सहभागि हुँदै


सेलिब्रेटी नेपाल काठमाडौँ

‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’मा सहभागी हुने भएका छन् । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी दिएका छन् ।

उक्त प्रतियोगिता आगामी अप्रिल ३ मा सम्पन्न हुनेछ । संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० भन्दा बढिको सहभागिता रहने बताईएको छ । एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलहरुसँग आफुले प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको पत्रकार सम्मेलनमा निशानले बताए । ‘म नेपाली भएर लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै खुशी र गर्व लागेको छ’ निशानले भने, ‘नेपालीले विश्वभरका प्रतियोगीसँग प्रतिष्पर्धा गर्न लाग्दा सबैको साथ र सहयोग भएको खण्डमा सहज हुनेछ’ । पत्रकार सम्मेलनमा निशानले ‘टप मोडल वर्ल्डवाईड २०१८’को उपाधी नेपाल ल्याउन आफुले शतप्रतिशत मेहनत गर्ने बताए ।

उक्त कार्यक्रममा ‘टप मोडल वर्ल्डवाईड’की नेपाल र भारतकी निर्देशक रजनी सुब्बा, म्यानहन्ट नेपालका सिईओ अनुप सक्सेना, कलर्स मोबाइलकी असिस्टेन्ट मार्केटिङ्ग म्यानेजर निरु धौगोडा, डाबर नेपालकी मिडिया म्यानेजर गीता खड्का श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रममा बोल्दै ‘टप मोडल वर्ल्डवाईड’की नेपाल र भारतकी निर्देशक सुब्बाले उक्त प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकोमा बधाई ज्ञापन गरिन् । म्यानहन्ट नेपालका सिईओ सक्सेनाले ‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी निशानलाई टप मोडलले बिश्वास गरेर प्रतियोगितामा सहभागि गराएकोमा ‘टप मोडल वर्ल्डवाईड’लाई धन्यवाद व्यक्त गरे ।