नेपाल चलचित्र संघको ४५औं साधारणसभा सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल चलचित्र संघको ४५औं साधारणसभा सम्पन्न भएको छ । बुटवलको होटल डार्सिज इन्टरनेशनलमा चैत ६ र ७ गते सम्पन्न सभामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रमुख अतिथि रहेक थिए ।साथै, बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी विशिष्ट अतिथिको रुपमा आमन्त्रित थिए । सभामा देशभरका हल व्यवसायी उपस्थित थिए ।

सभामा नेपाली चलचित्र र बक्स अफिस प्रणालीको बारेमा छलफल गरियो । मोफसलका हल व्यवसायीहरुलाई बक्स अफिस प्रणाली कसरि लगाउने भनेर सुसुचित पनि गरियो । सभा पछी चलचित्र बिकास बोर्डले सुरु गरेको बक्स अफिस सिस्टमलाई सबैले सकारात्मक रुपमा लिए । साथै, बोर्डको निर्धारित समयमै बक्स अफिस प्रणाली लागु गर्नमा सबै हल व्यवसायी एकजुट हुने निष्कर्ष निकालियो ।

प्रदीप उदयको अध्यक्षतामा सम्पन्न साधारणसभामा संघका सदस्यहरु कपिल द्वा र नरेन्द्र महर्जनलाई मुख्यमन्त्री पोखरेलका हातबाट कदरपत्रसहित सम्मान पनि गरियो । अध्यक्ष उदयले नेपाली हलहरुलाई आगामी दिनमा मर्यादित तवरले अगाडी बढाउने र समय सापेक्ष हलहरु ‘अपग्रेड’ गर्दै लैजाने बताए ।
सभामा मुख्यमन्त्री पोखरेलले आगामी दिनमा मौलिक कथामा चलचित्र निर्माण गर्न सके चलचित्र क्षेत्रले आफ्नो परिभाषा पाउने र केहि हदसम्म फड्को मार्ने विश्वास व्यक्त गरे ।