नीता, परमिता र बुद्दी भित्रिए ‘दि कर्मा’मा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर पोष्ट प्रोडक्शनमा पुगेपछि मात्र यि तीन कलाकारको अभिनय रहेको निर्माण पक्षले खुलाएको हो ।

कलाकारहरुले कस्तो चरित्र निभाएका छन् त्यो भने गीत र ट्रेलर आएपछि मात्र खुलासा गर्ने निर्माता जय राज रायले बताए । चलचित्र घोषणाताका मूख्य नायिकाको छनौट बाँकी नै थियो । चलचित्रमा परमिता र नीताले प्रमूख भूमिका निभाएका छन् र बुद्दीको भूमिका पनि प्रमूख रहेको बताईएको छ । यसै चलचित्रमा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमूख अभिनय छ ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा भएको छ । जय राज रायको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बनेको छ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रायले बताए । नेपालमा यो चलचित्र आगामी भदौ महिनामा रिलीज गरिने बताईएको छ ।