हट नीताको नाकैमा फूली (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘नाकैमा फूली’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नायिका नीता ढुंगाना र नायक सञ्जय खतिवडाले अभिनय गरेका छन् । मौलिक भेषभुषा मनपराउने सञ्जयले नीतालाई हट लुक्समा देखेपछि नीता प्रति वितृष्णा बढेको भिडियोमा देखाइएको छ ।

सम्राट क्रियशनको यु ट्युबबाट सार्वजनिक भिडियोमा सुमन दाहालको निर्देशन रहेको छ । शान्तिप्रियले लेखेको गीतमा दीपक शर्माको संगीत रहेको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सुरेश राउतको सम्पादन, इश्वर सिंकमेनको छायांकन र सुशिल जोशीको श्रृंगार रहेको छ ।