नसुनाई देउ मलाई उनका चर्चा स्वरूपराज आचार्यको नयाँ भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ
महाभूकम्प पछी अब सांगीतिक बजार पनि सामान्य अबस्थामा फर्कदै छ धमाधम नयाँ गीत तथा भिडियो हरु सार्बजनिक हुने क्रम सुरु भएको छ यसै क्रममा गायक स्वरूपराज आचार्यको आवाजमा रहेको नसुनाई देउ मलाई उनका चर्चा बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ सेलिब्रेटी नेपालको आफ्नै यु ट्युब च्यानल बाट सार्बजनिक गरिएको हो ।
urish-karki
काभ्रे जिल्लाको रमणीय स्थान पनौती र धुलिखेलको होराइजन रिसोर्टमा छायांकन भएको भिडियो लाइ बिरेन्द्र भट्टले क्यामेरामा कैद गरेका हुन् भने चलचित्र धुन का निर्देशक कृष्ण पौडेलले निर्देशन गरेका हुन् । धुर्बकृष्ण ताम्राकारको शब्द तथा बिक्रम सुवालको संगीत रहेको गीतमा एक मायामा पिडित केटाको कथालाइ देखाउन खोजिएको छ । भिडियोमा नायक युरिश कार्की,मिलन दाहाल,आरजु खरेल र बलराम भुर्तेलको अभिनय रहेको छ । भिडियो सिन्सियर मिडियामा सम्पादन गरिएको हो ।
हेर्नुस भिडियो