प्रेमीका नम्रतालाई यसरी फकाए प्रेमी रञ्जनले (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक शरद ढुंगेलको एल्बम प्रतिध्वनीमा समावेश गीत तिमी बिनाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलले शब्द शृजना गरेको गीतमा मोडल रञ्जन रिजाल र नम्रता योगीले जिवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका हुन् । जसको निर्देशन युवराज वाईवाले गरेका छन् । हालै राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतले प्रेमीले गर्ने चोखो माया केहीसँग पनि तुलना गर्न नसक्ने बताएका छन् । एल्बम र भिडियोको बजार ब्यबस्थापन समेत भाइब्स क्रियशनले गरेको छ ।