नम्रता र विपिन स्टारर ‘प्रसाद’ घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

दिनेश राउतको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘प्रसाद’ को औपचारिक घोषणा गरिएको छ राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरि अफिसियल जानकारी दिईयो । विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहने चलचित्र बैशाख अन्तिम सातादेखि छायाँकनमा जाने छ । चलचित्र ‘प्रसाद’ बाट चलचित्र पत्रकार सुशील पौडेलले कथा लेखनमा डेब्यु गरेका छन् । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा लेखेका पौडेलले आफुले देखेको र बुझेको समाजको कथालाई उतार्ने प्रयास गरेको बताए ।

चलचित्र ‘प्रसाद’ मा नवीन मानन्धरको पनि प्रमुख भूमिका रहनेछ । सुभाष थापा निर्माता रहेको चलचित्रलाइ राजेश श्रेष्ठले खिच्ने छन् ।चलचित्रमा कोशिस क्षेत्री र सुवास भुषालको संगीत सुन्न सकिनेछ ।