मुरारीको ‘एकतर्फी माया’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको सहकार्यमा एल्बम ‘एकतर्फी माया’ सार्वजनिक भएको छ । कवि तथा गीतकार दिनेश अधिकारी तथा संगीतकार दिपक जंगमले संयुक्त रुपमा एल्बम सार्वजनिक गरे । एल्बममा चार आधुनिक तथा चार लोकपप गीत छन् ।

गीतकार न्यौपानेको यो छैठौ एकल एल्बम हो । यस अघि उनको एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा आइसकेका छन् । अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय गुरागाईंको ‘माई च्वाइस’ नामक एल्बम यसअघि नै बजारमा आइसकेको छ ।

संगीतकार दीपक भने जापान बसेरै नेपाली गीत संगीतमा सक्रिय छन् । शास्त्रिय संगीतका गुरु दीपकका हाल सम्म पाँच एकल एल्बम सार्वजनिक भइसकेको छ । कार्यक्रममा अभिनेत्री मरिश्का पोखरेलद्वारा निर्देशित ‘एकतर्फी माया’ को भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा मरिष्कासँगै पुष्पल खड्काको अभिनय छ । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरे सम्पादन रहेको छ ।