मल्टिस्टारर ‘शत्रुगते’ प्रदर्शनमा



यस बर्षकै प्रतिक्षित चलचित्र ‘शत्रु गते’ प्रदर्शनमा आएको छ। चलचित्रको अग्रिम बुकिङ्ग निकै राम्रो भएको छ । मल्टिप्लेक्समा राम्रो शोज पाएको चलचित्र मह संचारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको हो प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रले देशभरका क्युएफएक्समा ४० बढी शो पाएको छ ।हरिवंश आचार्यको कथा रहेको चलचित्रमा निर्देशक भट्टराई र दिपकराज गिरिको पटकथा रहेको छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।