चलचित्र ‘मिस्टर भर्जिन’ टिजर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।