मोनालिसाको अंग्रेजी भाषाको गीत भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रतिभाकी धनि गायिका तथा मोडल मोनालिसा पराजुलीको अंग्रेजी भाषाको गीत भिडियो सार्बजनिक गरिएको छ । मोनालिसाको स्वर तथा अभिनय रहेको गीतमा संगीत पवन थापाको रहेको छ । भिडियोलाइ मोनालिसाको आफ्नै अफ़िसिएल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । सन्दीप श्रेष्ठले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । अर्पणा पराजुली निर्माता रहेको भिडियो लाइ बिदेशी क्वालिटीको बनाउन खोजिएको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ फोके क्वालिटीमा सार्बजनिक गरिएको छ ।

यस अघि पनि मोनालिसाको स्वर तथा अभिनय रहेको नेपाली भाषाको भिडियो सार्बजनिक भई सकेको छ । अंग्रेजी भाषामा भने उनको यो पहिलो भिडियो हो । उनलाई यो गीत अमेरिका बाट गाउनको लागि अफर आएको हो यो संगै उनलाई अन्य गीत हरुको पनि अफर आइ रहेको छ । उनि भबिस्यमा नेपाली गीतमा भन्दा अंग्रेजी गीत हरुमा नै व्यस्त हुने योजनामा रहेकी छिन् ।हलिउडमा आफ्नो परिचय बनाएर नेपालको नाम राख्ने उनको सोच रहेको छ । यो भिडियोको निर्देशन पनि मोनालिसाले नै गरेकी हुन् ।