मोडल तुलसा कटुवाल बिबाह बन्धनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन तुलसा कटुवाल बैबाहिक सम्बन्धमा बाधिएकी छिन । धादिङ जिल्लाको निलकन्ठ नगरपालिका स्थायी घर भएका सन्तमान शाक्य संग तुलसाले बिबाह गरेकी हुन् । संखुवासभाको चैनपुरमा जन्मिएकी तुलसाले करिव तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा र दमन रुपाखेतिको हास्य टेलिसिरियल हाक्का हाक्की पक्का पक्किमा आफ्नो अभिनयकला देखाइसकेकी छिन् । विशेष गरी कला क्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले मान्यता जस्तै बिभिन्न खाले लोक,आधुनिक पप गीतका म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

नेपाल सरकारको संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गत रहेको ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापन आयोजना , केन्द्रिय आयोजना कार्यान्वयन इकाईबाट सरकारी सेवामा रही आएका सन्तमान र तुलसाको बैबाहिक सम्बन्ध सफल रहोस सेलिब्रेटी नेपालको तर्फ बाट सुभकामना व्यक्त गर्दछौं ।