‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छानिए


सेलिब्रेटी नेपाल काठमाडौँ
‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट प्रतियोगी छानिएका हुन् । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित प्रतियोगीता आयोजना हुँदै आएको छ ।

प्रारम्भिक चरणको अडिसनबाट छानिएका प्रतियोगीहरु अब अन्तिम स्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
प्रतियोगीले अन्तिम स्पर्धामा र्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगीमा भारतका चर्चित कोरियोग्राफर मिलन एच.आर राइको बिषेश प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । एच.आर यसैबर्षदेखि प्रतियोगीतामा जोडिएका हुन् । प्रतियोगीताको बिजेताले नगद रु १ लाख, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वल्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्नेछन् ।