हट मोडल अन्सु संग निर्देशक प्रदिपको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ
pradip-anshu-model
बिगत ६ बर्ष देखि बुटवलमा फोटोग्राफी भिडियोग्राफी निर्देशन तथा भिडियो सम्पादन गर्दै आएका प्रदिप कंडेल अब मोडलका रुपमा पनि देखिने भएका छन् । कति पर्दा पछाडीमात्र रहने भनेर आफुले पनि अभिनय गर्न सुरु गरेको बताउने प्रदिप अब अभिनयमा पनि निरन्तर लाग्ने बताउछन् । अरुलाई काम गराउन भन्दा आफुले अभिनय गर्दा गार्हो हुने अनुभव प्रदीपले गरेको सुनाए । निरन्तर कलाकारितामा पनि अघि बढने योजना उनको रहेको छ ।

नारायण पाण्डेको शब्द तथा संगीतमा रहेको मायाको बदला बोलको लोक गीतमा स्वर पनि नारायण कै रहेको छ । प्रदिपलाइ हट मोडल तथा डान्सर अन्सु भुसालले अभिनयमा साथ दिएकी छिन । उक्त भिडियो अब केहि दिनमा नै सार्बजनिक हुने छ ।
model-ansu bhusal