मित्रको समय सापेक्ष ‘जाँदैछु म’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक मित्र केसीले सुगम संगीत गीत लिएर स्रोता दर्शक माझ आएका छन् । उनको नयाँ ‘जाँदैछु म’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो । मित्र केसी को नै शब्द तथा संगीत रहेको उक्त गीतलाई पिगन मिडियाले सार्बजनिक गरेको हो । जादैछु मधेरै टाढा भनेर आफ्नी मायालुलाई भनेर प्रदेश हिडेको एउटा कथा गीतमा रहेको छ ।

राज कमुार महर्जनले लगानी यस गीतको म्युजिक भिडियोमा राजेश श्रेष्ठ र सविना तामाङले अभिनय गरेका छन् । भिडियोलाई मिना लामाले निर्देशन गरेकी हुन् । एकान्त मगरको छायाँङ्कन ,सम्पादन रहेको छ ।