बन्ने भो मिथुन र आरोहीको ‘प्रेम बाणी’


सेलिब्रेटी नेपाल काठमाडौँ

सांगीतिक प्रेमकथामा आधारित रहेर नेपाली चलचित्र ‘प्रेम बाणी’ बन्ने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्र निर्माण गर्ने घोषणा गरीएको छ ।

शुशिल शाही निर्माता रहेको यस चलचित्रलाई रिभान मल्लले निर्देशन गर्दैछन् । चलचित्रमा आयुष बिसिको कथा, बाबुल गिरि र आषिक श्रेष्ठको संगीत, बिनोद सापकोटाको छायांकन, श्री श्रेष्ठको एक्सन,कबिराज गहतराजको कोरीयोग्राफी, नेत्र विष्टको ब्यवस्थापन रहने छ ।

प्रेम बाणीमा मिथुन हमाल, आरोही शिंह, शुशिल शाही, सन्तोष आर्चाय, रोशन बिसि लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गर्ने भएका छन् । निर्माण पक्षका अनुसार यो चलचित्रको छायांकन बैशाख २० गतेबाट हुँदैछ ।