‘मिस युनिभर्स’ जिताउन नग्माले गरिन् भोटको अपील


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक ‘मिस युनिभर्स’मा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न अपील गरेकी छन् । विस्वका बिभिन्न मुलुकका ९३ प्रतियोगीसँग ‘मिस युनिभर्स २०१७’को ताजका लागि प्रतिस्प्रर्धा गरिरहेकी नग्माले विजेता बनाउनका लागि भोटको अपिल गरेकी हुन् ।
नग्मा यतिबेला अमेरिकाको लस भेगासमा छिन् । प्रतियोगीतामा रजिस्ट्रेसन गराएर उनी अहिले आफुलाई विभिन्न राउण्डका लागि तयार गरिरहेकी छन् । उनले आफ्नो यो मिहिनेतलाई सफल पर्न भोट पनि महत्वपुर्ण रहेको बताएकी छन् ।
२० नोभेम्बर देखिनै उनलाई भोट गर्न पाइने छ । आफ्नो जिमेल एकाउन्ट लग इन गरेर एक ब्यक्तिले दिनमा १० भोटसम्म आफुलाई गर्न सक्ने उनले जनाएकी छन् । ट्वीटर मार्फत पनि भोट गर्न पाइने ब्यवस्था गरिएको छ । त्यसको लागि #missuniverse र #Nepal गर्नुपर्छ र यसको रि ट्वीट काउन्ट हुनेछ ।
आफ्नो देशको बिभिन्न कलासंस्कृती झल्कने भेषभुषा सहित मिस युनिभर्समा पुगेकी उनका प्रतियोगीताको ताज नेपाल भित्र्याउने आत्मबिस्वास छ ।

नग्माको भनाई
नेपालको प्रतिनिधित्व गर्दै म पहिलो पटक मिस युनिभर्समा आउँन पाउँदा आफुलाई भाग्यमानी ठानेकी छु नै साथै दायित्व बोध पनि भएको छ । मिस नेपाल युनिभर्स घोषणा भएसँगै मैले आफुलाई विभिन्न प्रशिक्षण सहित तयार समेत गरेकी छु । प्रतियोगीतामा मैले जतीनै मिहिनेत गरे पनि त्यो प्रयाप्त हुँदैन । मेरो मिहिनेता सफल पार्न तपाइको भोट पनि महत्वपुर्ण छ । त्यसैले मलाइ भोट गर्न हुन समस्त नेपाली दाजुभाई, दिदी बहिनी, आमाबुबा सबैलाई आग्रह गर्दछु ।