मिस नेवा को ताज सुदिना लाई



सेलीब्रेटी नेपाल माघ ८ गते-मिस नेवाः को आठौं संस्करणको ताज फर्पिङकी सुन्दरीको शिरमा गएको छ । १६ वर्षीया सुदिना श्रेष्ठले राजधानीमा शनिबार २४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनले पुरस्कारस्वरूप २५ हजार रुपैयाँसहित अन्य उपहारसमेत हात पारिन् । ११ कक्षा पढ्दै गरेकी सुदिनाको चाहना भविष्यमा सफल उद्यमी बन्ने छ ।
पाटनकी १८ वर्षीया सजिना शाक्य फस्ट रनरअप भइन् । उनले १५ हजार रुपैयाँ र उपहार पाइन् । मंगलबजारकी १७ वर्षीया प्रतिभा महर्जनले सेकेन्ड रनरअपसँगै मिस डिसिप्लिनको उपाधि पनि पाइन् । उनले मिस डिसिप्लिनबापत दुई हजारसहित १२ हजार रुपैयाँ पाइन् । दिलासा मानन्धरले मिस ट्यालेन्ट र बेस्ट ड्रेसको टाइटलसहित ५ हजार रुपैयाँ पाइन् । सिरतारा तुलाधरले मिस नेपाल भाषा र पब्लिक च्वाइसको टाइटलसहित ५ हजार रुपैयाँ हात पारिन् ।