मिस नेपाल र बैरागी काईला द्वारा ‘जीवनमा सफलताका रहस्यहरु’ सार्बजनिक


subash-nemwang

(सेलिब्रेटी नेपाल) भाद्र-शन्देस नेम्वाङद्वारा लिखित पुस्तक ‘जीवनमा सफलताका रहस्यहरु’ विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइला र पहिलो नेपाल सुन्दरी रुवी राणाले आज बिहीवार काठमाडौँमा कृतिको बिमोचन गरेका छन् । पुस्तकमा जीवनमा कसरी सफलता हासिल गर्ने अर्थात् आफ्ना सपना कसरी साकार पार्ने भन्ने विषयका विश्वप्रसिद्ध ब्यक्तित्वका भनाइ छन्।

कुनैपनि ब्यक्ति सफल हुनका लागि संघर्ष गर्छ । अज्ञात, जोन सि मेक्सल, गौतम बुद्ध माओ जस्ता ब्यक्तित्वले सफलताका लागि संघर्ष गरे । संघर्षपछि सफलताको सुत्र पत्ता लगाए र जुन उनीहरुका भनाइका रुपमा प्रसिद्ध छन् । तिनीहरुलाई खोजेर उनले यो कृतिमा राखेका छन् । ‘सबैका भनाइ संग्रह गरेर पुस्तकाकार दिन ६ महिना लाग्यो,’ लेखक नेम्वाङले भने । ब्रिटिश आर्मीका जागिरे नेम्वाङलाई सन् १९३९मा जर्मनसँगको युद्धमा ब्रिटिश सरकारले निकाले एउटा पोष्टरले यो पुस्तक लेखनका लागि प्रेरणा मिलेको हो।