चौंथो मिस एयर होस्टेसको लागि आबेदन खुल्ला


सेलिब्रेटी नेपाल काठमाडौँ

मिस एयर होस्टेस २०१७ चौथो संस्करणका लागि आवेदन फारम खुला गरिएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी तालिम लिइ वसेका वा तालिम लिँदै गरेका कक्षा १२ वा सो सरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीले प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्नेछन् । प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास लागि सहयोग पुर्याउने र एयर होस्टेस वन्नको लागि सहयोग पुर्याउने उदेश्यले कार्यक्रमलाई निरन्तरता दिएको आयोजक सिजन मिडियाले जनाएको छ ।
कार्यक्रमको आवेदन फारम सिजन मिडिया कमलादीमा सम्पर्क गरी भर्न सकिने जनाइएको छ ।

मिस एयर होस्टेसको नाममा मिल्दा जुल्दा नाम राखि मिस एयर होस्टेस नेपाल, डिभा जस्ता विभिन्न नाममा कार्यक्रमहरु फेशवुक मार्फत आह्वान भइरहेकोले उक्त टाइटल आधिकारीक नभएको पनि आयजकले जनाएको छ । उक्त प्रक्रियावाट छनो भएका प्रतियोगीहरुलाई भदौ पहिलो सातावाट कमलादि स्थित सिडव्लु पार्टी प्यालेसमा प्रशिक्षण दिइनेछ । भदौ अन्तिम साता उक्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिस एयरहोस्टेस २०१७” को ताज उपाधि सहित २५ हजार रुपैयाँ नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिनेछ । उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन भने फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस रु १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिनेछ । यस्तै साथै उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।