कलाकारहरुलाई लक्षित गर्दै मानसिक स्वास्थ्य परामर्श सम्पन्न


(सेलेब्रेटि नेपाल) काठमाडौँ
aalok-nemwand
चलचित्रकर्मीहरुले आत्महत्या गर्ने क्रम यति बेला एकदम बढ्दो छ । निर्देशक आलोक नेम्वाङ देखि लिएर नायिका जेशिका खड्का, श्रीषा कार्की, गायक कुल पोखरेल, गायिका योगिता मोक्तान लगायतले आत्महत्या गरेका हामी सबैलाई जानकार नै छ । यस्तो बाटो भबिस्यमा अरु कुनै पनि कलाकारहरुले अपनाउनु नपरोस् भन्दै कलाकारसंघले चलचित्रकर्मीका विचमा मंगलबार एक कार्यक्रम गरेको थियो ।
कलाकारको मानसिक स्वास्थ्यवारे छलफल गरिएको यूक्त कार्यक्रममा कलाकार सिर्जनशिल भएपनि आर्थिक अभावका र चलचित्रको बजार बिग्रनुको साथै अन्य कतिपय कारणले चलचित्रकर्मीहरु तनाबमा पर्ने गरेका जस्ता कुरामा छलफल गरिएको थियो । कलाकारहरूको बाक्लै उपस्थिति रहेको कार्यक्रममा विभिन्न कलाकारहरुले, मनोरोग चिकित्सक डा. प्रदीपमान सिंहसँग आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा कलाकारमा आइपर्ने अन्य मानसिक समस्याबारे पनि जानकारी गराउदै आफूलाई मानसिक समस्याबाट टाढा राख्ने प्रयास गर्नुपर्ने भन्दै समस्या देखिएमा तत्काल चिकित्सकसंग सल्लाह गर्नुपर्ने बताईएको छ ।