मेलिनाले धोका दिंदा संजयको मन उजाड बन्यो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक तेजकुमार खवासको आवाजमा रहेको नयाँ गीत उजाड मेरो…..भिडियो सार्वजनिक गरिएको छ । शिव कुमार दनुवारको शब्द रचना रहेको सार्बजनिक गीतमा खवासको आफ्नै संगीत रहेको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोलाइ उत्सब दाहाल छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन्। तेज कुमारको प्रकाशनको क्रममा रहेको एल्बम ‘ह्याप्पी’मा समाबेश गीतको एरेन्ज पुस्कर सुनुवारले गरेका छन् । संजय पौडेल र मेलिना राइको अभिनय रहेको भिडियोलाइ बुढासुब्बा डिजिटल मार्फत सार्बजनिक गरिएको छ ।