मेलिनाको इन्द्रेणीमा निराजन र निता (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय नेपाली गीतसंगीतलाई मेहनतका साथ तयार पार्न थालिएको छ । चलचित्र होस् या आधुनिक गीतको भिडियोलाई दृश्यको हिसाबले पनि उत्कृष्ट बनाउन कुनै कसर बाकि राखिदैन । यसै मध्येको एक गीत हो ‘इन्द्रेणीको’ पछिल्लो समयकी व्यस्त गायिका मेलिना राईको स्वर रहेको भिडियोलाई उनकै च्यानल मार्फत रिलिज गरिएको छ । इन्द्रेणी एल्बममा समावेश यस गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसलाई उत्तम जंग लिम्बुले संगीत भरेका छन् ।

फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको छ । शान थापा निर्देशित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी फिचरीङ छन् । फिल्ममा नदेखिएको जोडीलाई भिडियोमा देखाएको निर्देशन थापा बताउछन् । गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ । विशेष गरि गीतको ड्रेसले चर्चा पाएको छ । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् भने भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।
‘गीतलाई अन्य भन्दा फरक बनाउन सम्पूर्ण टीमनै लागेका थियौ । गीतले प्रेम भाव व्यक्त गर्ने भएकोले युवतीले कल्पना गर्ने राजकुमारलाई देखाउने प्रयास गरेका छौ । कल्पनामा युवतीले आफुलाई परिको रुपमा चित्रण गर्ने भएकोले त्यस किसिमकै ड्रेसलाई प्रयोग गरेका छौ । विशेष गरि यी दुईको मनलाई पुष्पसंग तुलना गर्दै त्यस्तै किसिमको ड्रेसमा प्रस्तुत गरेका छौ । गीतले चोखो मायाको भावनालाई व्यक्त गरेको’ निर्देशक शान बताउछन् ।